झापा,असार २९ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षण (क्याम्प)का लागि ३२ खेलाडीलाई बोलाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै क्यानले टी–२० विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
क्यानले मोहमद आदिल आलम (आदिल अन्सारी)लाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले अन्सारीको प्रतिबन्ध फुकुवा गरेपछि पहिलो पटक बन्द प्रशिक्षणमा अटाएका हुन्। स्पट फिक्सिङको आरोपमा आदिल आलम प्रतिबन्धमा परेका थिए।
बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, अनिल साह, आसिफ शेख, भीम सार्की, गुल्शन झा, रुपेश सिंह, बसीर अहमद, शहाब आलम, युवराज खत्री, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, ऋजन ढकाल, प्रतिश जिसी, ललित राजवंशी, कमलसिंह ऐरी छन्।
यस्तै सागर ढकाल, किरण ठगुन्ना, सन्दीप लामिछाने, आकाश चन्द, विवेक यादव, मोहम्मद अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, सुभ कंसाकार, अर्जुन घर्ती र लोकेश बम छन्।