झापा,असार २८ । सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा दम्पती मृत अवस्थामा भेटिएका छन् ।

आइतबार बिहान ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सबेदा खातुन घरभित्रै मृत भेटिएका हुन् ।
फुसको घरमा सारीको पासो लागेको अवस्थामा शर्मा र उनकी पत्नी सबेदा ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।
डीएसपी खतिवडाका अनुसार शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको छ । आइतबार बिहान ९ बजेतिर स्थानीले घरभित्र दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सबेदाको शरीरमा चोटपटक देखिएको छैन । डीएसपी खतिवडाले भने, ‘हामीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्