झापा, असार २९ । भद्रपुरमा घरको कम्पाउन्ड भत्केर एक कामदारको मृत्यु भएको छ ।

आज दिउँसो ४ बजे भद्रपुर नगरपालिका ६ राधाकृष्ण टोलमा सघन सहरी भवन निर्माण विभागको नालाको काम गर्ने क्रममा इन्द्र राउतको घरको कम्पाउन्डमा लगाएको पर्खाल लडेको थियो ।
सोही पर्खालले कामदार बिर्तामोड नगरपालिका ९ लख्खीबारी बस्ने ३५ वर्षीय लक्ष्मण कामतीलाई थिचेको थियो । गम्भीर घाइते कामतीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा.लि. ले नालाको काम गर्न कामतीलाई खटाएको थियो ।