झापा, असार २९ । झापाको बिर्तामोडमा आज साँझ आगलागी भएको छ ।

साँझ ७ः४५ बजे बिर्तामोड वडा नं १ बिर्तासिटी अस्पताल छेउ रहेको टोकला चिया फ्याक्ट्रीको कार्यालयमा राखिएको जेनेरेटर रुममा बिद्युत लाईन सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट जेनेरेटर पूर्णरुपमा जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ खटिएको प्रहरी टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहायतामा राति ८ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।