झापा , असार ३० । झापा बिर्तामोड –६ को हरियाली सामुदायिक वन प्रबेश गर्ने गेटको अगाडीपट्टी एक व्यक्ति मृत फेला परेका छन् ।

आज बिहान १० बजे अर्जुनधारा ११ बस्ने ३८ वर्षीय वीरबहादुर दर्जी घोप्टो परी मृत अबस्थामा फेला परेका हुन् । घटनाबारे अस्थायी प्रहरी चौकी बुट्टाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक सुबोध अधिकारीको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्