झापा , असार ३० । इलाममा कुदिरहेको यात्रुवाहक ट्याक्सीमाथि रुख भाचिएर झरेको छ ।

आज दिउँसो १२ः३० बजे इलाम माई नगरपालिका ४ सुखानी पार्कमा बिर्तामोडबाट शुक्रबारेतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ४०२३ नं. को ट्याक्सीमाथि चिलाउने जातको रुख अचानक भाचिएर झरेको हो ।
ट्याक्सीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्याक्सीमा चालक माई नगरपालिका १० बस्ने ३० वर्षीय बिरेन्द्र पौडेलसहित ९ जना सवार रहेका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
ट्याक्सीमाथि रुख लडेपछि बाटो एकतर्फी मात्र संचालनमा रहेको थियो । प्रहरी चौकी लोदिया दानाबारीबाट प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली खटिएर बाटो पूर्णरुपमा खुलाउने पहल भइरहेको इलाम प्रहरीले जनाएको छ ।