झापा, असार ३० । झापाको गौरीगञ्जमा जन्ती बोकेको स्कुल बस आज राति दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

आज राति ८ः४० बजे गौरीगञ्ज गाउँपालिका वडा नंं. ४ नयाँवजारमा गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गर्दा कोरोबारी सनसाइन इङ्गिलस स्कुलको प्र १–०१– ००१ क १५३५ नम्बरको स्कुल बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । बसमा ४५ जना सवार रहेका थिए । घाइते १६ जनामध्ये ८ जनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ भने ८ जनाको गौरीगञ्ज आधारभूत अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए । चालक ४१ वर्षीय सुरेन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएकोले दुर्घटना भएको स्थानीय वासीहरुले बताएका छन् ।
घाइतेहरुको नामावली यस प्रकार रहेको छः–
१) जिल्ला मोरङ सुनवर्षी नपा ७ बस्ने वर्ष अन्दाजी ३२ का चन्द्रलाल हजाम टाउकोमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।
२) ऐऐ बस्ने वर्ष अन्दाजी १३की सपना ठाकुर घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।
३) जिल्ला झापा गौरीगंज गा.पा. १ बस्ने वर्ष १७ का समिल राजवंशी घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।
४) ऐ. २ बस्ने वर्ष अन्दाजी वर्ष १८ का मनिस राजवंशी घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।
५) ऐ. २ बस्ने वर्ष अन्दाजी वर्ष १५ का हिमेश हजाम टाउको र हातमा घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।
६) ऐ. २ बस्ने वर्ष अन्दाजी २५ की सिमा ठाकुर टाउको र छातीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइ रहेको ।
७) ऐ. ५ बस्ने वर्ष अन्दाजी २४ का अजय ठाकुर घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।
८) जिल्ला मोरङ रतुवामाई नपा २ बस्ने वर्ष १५ की उषा कुमारी हजाम दाहिने हात र घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।
९) जिल्ला झापा गौरिगंज गा.पा. २ बस्ने वर्ष ४४ को जगतनारायण ठाकुर शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।
१०) ऐऐ बस्ने वर्ष २२ को अभिशेख राजवंशी शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको
११) ऐऐ बस्ने वर्ष २५ का रुपेस ठाकुर शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको।
१२) ऐऐ बस्ने वर्ष २९ को देव कुमार राजवंशी टाउकोमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको।
१३) ऐऐ बस्ने वर्ष १६ का क्षितिज ठाकुर दाहिने हातको औँलामा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको।
१४) ऐऐ. बस्ने वर्ष १७ का प्रशान्त राजवंशी टाउको र दाहिने हातमा चोट अवस्था बोल्न सक्ने मध्यम बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको।
१५) जिल्ला झापा गौरादह नपा ८ बस्ने वर्ष २६ का बिनोद ठाकुर शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।
१६) देश भारत अररिया जिल्ला बस्ने वर्ष ३० का सचिन ठाकुर अनुहार र दाहिने हातमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।