झापा, असार ३१ । झापामा भएका सवारी दुर्घटनामा तीनजना घाइते भएका छन् ।

हिजो साँझ ७.२० बजे दमक –३ गोलाटारस्थित भित्री सडकखण्डमा शान्ति चोकबाट गोलाटारतर्फ जाँदै गरेको मे.१ त. ५८९३ न. को ट्रयाक्टरको बायाँपट्टिको चक्काको टायर पड्की आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्रयाक्टरका सह–चालक मोरङ मिक्लाजुङ –९ बस्ने २६ वर्षीय अमित श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ घुँडामा चोट लागेको छ । घाइतेको बिराट टिचिङ अस्पताल बिराटनगर उपचार भइरहेको छ । ट्रयाक्टर घटनास्थलमै रहेको र ट्रयाक्टर चालक दमक ३ बस्ने ३८ वर्षीय पूर्ण चापागाई फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै गएराति ८ः०५ बजे गौरीगंज वडा नं.५ चिल्हारास्थित हुलाकी सडकमा चिल्हाराबाट गौरीगंजतर्फ आउँदै गरेको बीआर३७ एल५२१३ न.को मोटरसाइकलले साइकलयात्री गौरीगंज ६ खजुरगाछी बस्ने ५० वर्षीया होमा कार्की ठक्कर दिई घाइते बनाएको छ । टाउकोमा चोट लागेर घाइते भएकी कार्कीलाई गौरीगंज आधारभूत अस्पताल गौरीगंजमा सामान्य उपचारपश्चात् राति न्युरो अस्पताल बिराटनगर पठाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोली खटिएर साइकल, मोटरसाइकल र मोटरसाइकल चालक भारत जिल्ला किसनगंज तिनिनाथ बस्ने ४२ वर्षीय सन्तोषकुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो साँझ ६ः२० बजे गौरादह –२ धोबिनिया चोकस्थित पाडाजुँगी– गौरीगंज सडकखण्डमा गौरादहबाट जुरोपानीतर्फ जाँदै गरेको प्र.न.१–०२–०४४ प ९५७ न.को मोटरसाइकलले पैदलयात्री गौरादह –३ बस्ने ७५ वर्षीय राधो कर्मकारलाई ठक्कर दिएको छ । निधार, बायाँ खुट्टामा चोट लागेका कर्मकारको मेडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ । मोटरसाइकल चालक गौरादह –८ बस्ने ३५ वर्षीय दिलिप राजवंशीलाई इलाका प्रहरी कार्यालय गौरादहले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।