झापा, असार ३१ । खोटाङको बराहपोखरी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

गएराति बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
राति साढे ९ बजेतिर मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता सुशान्त मिश्रले बताएका छन् ।