झापा, असार ३१ । झापाको दमकमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

दमक ९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर दमक ९ का ११ वर्षीय रमन धिमालको मृत्यु भएको हो । पाणिनी माध्यमिक विद्यालय दमक ९ मा कक्षा ६ मा अध्ययनरत रमन खोलामा डुबेर हिजो दिउँसोदेखि बेपत्ता भएका थिए ।

आज बिहान उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । उनले घटनाबारे अनुसनधान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्