झापा, असार ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा झापामा ६७ हजारभन्दा बढीको समर्थन जुटेको छ ।

पार्टीले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध थालेको हस्ताक्षर संकलन अभियानमा हिजोसम्म ६७ हजार २१४ जनाले हस्ताक्षर गरेका हुन् । दमकमा ७१०३ , बिर्तामोडमा ५९९१ , कन्काईमा ५१७० , अर्जुनधारामा ४२६० , बुद्धशान्तिमा ३९७० , भद्रपुरमा ३८२५ , बाह्रदशीमा १५८५ , हल्दिवारीमा ३५० , गौरादहमा ११०३० , गौरीगंजमा ४२१ , कमलमा ४१०० , शिवसताक्षीमा ४७१० , झापा गाउँपालिकामा १०४० र कचनकवलमा २०१९ जनाले हस्ताक्षर गरेको कार्यवाहक सभापति प्रकाश पाठकले बताए । उनले ६ वटा पालिकाको २६ हजार ५८५ हस्ताक्षरको हार्डकपी हिजो केन्द्रीय कार्यालय काठमाण्डौ पठाइएको जानकारी दिए ।

पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको रास्वपाले झापामा पनि त्यसलाई तिब्रता दिएको छ । जिल्लामा असार १४ गते त्यस अभियान शुरु गरिएको हो । जिल्लाभरिबाट २ लाख हस्ताक्षर संकलन गर्ने योजना रहेको रास्वपा झापाका कार्यवाहक सभापति पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्