झापा, असार ३१ । आफ्नै तिघ्रामा सिसा प्रहार गरी गम्भीर घाइते भएका बिर्तामोड ९ का एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षीय अनन्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार राजवंशीले दराजको सिसा फुटाई आफ्नै दाहिने तिघ्रामा सिसा रोपेका थिए । सिसा फुटाएर आफ्नै तिघ्रामा रोपेपछि राजवंशीकी सानीमाले उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मानसिक रोगी रहेको बताइएको छ ।