झापा , असार ३२ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन् ।

घटना भएको भोलिपल्ट सोमवार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइएपनि उनीहरु फेला नपरेका हुन् । सोमवारदेखि प्रहरी टोली परिचालन गरिएपनि ती दुई महिला फेला नपरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रन्जन बरालले बताए । जसरी भएपनि ती महिलालाई पक्राउ गर्ने गरी प्रहरी परिचालन गरिएको उनको भनाई छ ।

आइतवार दिउँसो करिव १ बजे सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशिला लामिछानेलाई मिक्लाजुङ गाउँपालिका वडा नं २ रचना टोल बस्ने दुर्गामाया लिम्बू र माया मगरले दुर्व्यवहार गरेका हुन् । कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए ।

साथै सेवाकेन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाई सामाजिक संजालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए । सो घटनाको चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्