झापा, असार ३२ । झापामा चारजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लागूऔषध , चेक अनादर र बहुविवाह मुद्धाका प्रतिवादीहरु रहेका छन् ।

लागूऔषध मुद्धामा झापा जिल्ला अदालतको गत भदौ ३० गतेको फैसलाले २ महिना १४ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएकी अर्जुनधारा वडा न.११ बस्ने ३६ वर्षीया बिष्णुमाया माझी धरौटीमा छुटेकी छन् ।

त्यस्तै लागूऔषध मुद्धामा झापा जिल्ला अदालतको २०८० चैत २२ गतेको फैसलाले ३ महिना २९ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएका शिवसताक्षी वडा न.४ बस्ने २८ वर्षीय बिभिषण ताजपुरिया पक्राउ परी कारागार चलान भएका छन् ।

त्यस्तै झापा जिल्ला अदालतको गत माघ १० गतेको फैसलाले चेक अनादर मुद्धामा ३ महिना २९ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएका बिर्तामोड वडा न.५ बस्ने ५५ वर्षीय रमेशप्रसाद सिटौला कारागार चलान भएका छन् ।

त्यस्तै झापा जिल्ला अदालतको गत असार २५ गतेको फैसलाले बहुविवाह मुद्धामा ११ महिना १० दिन कैद र १० हजार रुपैयाँ जरिवाना ताकिएकी कचनकवल गाउँपालिका वडा न. ४ बस्ने २३ वर्षीया उमावती यादव पक्राउ परी कारागार चलान भएकी छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्