झापा, असार ३२ । झापा अर्जुनधाराकी गंगा राईको मृत्यु प्रकरणका सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्धामा कार्वाही अगाडि बढाइएको छ ।

सामूहिक कुटाईबाट मृत्यु भएको पुष्टि नभएपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरिएको हो । गत असार २४ गते राति अर्जुनधारा ४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया राईको मृत्यु भएको थियो । सो घटनाका सम्बन्धमा भोजपुर रामप्रसादराई गाउँपालिका वडा नम्वर ६ वैकुण्ठे घर भई अर्जुनधारा वडा न.८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसाल , उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल , सोही ठाउँ बस्ने ५४ वर्षीया मैया भनिने डम्बरकुमारी श्रेष्ठ र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरिएको हो ।

असार २५ गते पक्राउ परेका उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्