बिर्तामोड , साउन १ । जय माता ट्रेडर्स बिर्तामोडले आर्थिक बर्षको शुरुवातको पहिलो ग्राहकलाई सम्मान गरेको छ ।

बिगत बर्षहरुमा झैँ यो पटक पनि आफ्नो पसलमा आर्थिक बर्षको शुरुवातको पहिलो ग्राहकलाई सम्मान गरिएको प्रोप्राईटर रमेश नेपालले जानकारी दिए । आज पहिलो ग्राहकको रुपमा दिलिप धिमाललाई सम्मान गरिएको हो । पसल खुल्नेबित्तिकै धिमालले सामान किनेका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्लम्बर हकहित संरक्षण कोषका सचिव प्रेम आचार्यले बिगत बर्षहरु झैँ यो बर्ष पनि जयमाता ट्रेडर्सले सम्मान कार्यक्रम राखेकोमा प्रोप्राईटर नेपाललाई धन्यबाद दिए । यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउँदै आचार्यले सम्मानित ब्यक्ति तथा ज्येष्ठ प्लम्बर दिलिप धिमाललाई हार्दिक बधाई दिए ।
उक्त कार्यक्रममा प्लम्बरहरु महेश खनाल,राम बस्नेत,लेखनाथ अधिकारी,दिपक नेपाल,प्रकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।