झापा, साउन २ । राजनीतिक शक्तिको आडमा अवैध धन्दा चलाउँदै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदामबाट लाखौ मात्रामा औषधीजन्य लागूऔषध बरामद भएको सार्वजनिक गरिएको छ ।

बिर्तामोड प्रहरीले ठूलो उपलब्धीको रुपमा त्यसलाई लिँदै आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । । बरामद भएका औषधीजन्य लागूऔषधहरु यसप्रकार छन् ।
१) Tramadol Hydrochloride Capsules IP  १,०३,८००
२) Tramadol Hydrochloride Injection– १८७० एम्पुल
३) Tramadol and Acetaminophen Tablets– ४०५०
४) Dicyclomine HCL Tablets IP २० mg– ९७,०००
५) Sildenafil Tablets IP १०० mg (ZENEGRA MT RED १००);– ८,९००
६) Combipack of mifepristone tablets IP & misoprospol Tablets IP (Termipil kits)ः– ७,६५० Tablets )

हिजो दिउँसो बिर्तामोड ५ लोटस होटल छेउमा बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले बिर्तामोड ५ बस्ने ५० वर्षीय भानुभक्त खरेल र अर्जुनधारा ६ बस्ने २५ वर्षीय बिनोद घिमिरेले सोही ठाउँ बस्ने मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिई औषधीजन्य लागूऔषधहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारेको थियो । त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा थप टोली खटिएर ती औषधीजन्य लागूऔषध बरामद गरेको होे । प्रतिबन्धित औषधीसहित अर्जुनधारा ६ बस्ने घिमिरेलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा ल्याई राखिएको छ । भानुभक्त खरेल फरार रहेकाले खोजतलास भइरहेको बताइएको छ ।

फरार खरेल र पक्राउ परेका घिमिरे

नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी रहेका खरेलले बिर्तामोडकै धर्मकाँटा रोडमा सनलाईट फर्मा नामक पसलबाट औषधीको थोक बिक्री गर्दै आएका छन् । खरेलले औषधीको थोक बिक्रेताको आवरणमा बर्षौबाट सेटिङ मिलाएर लागूऔषधजन्य औषधीको कारोबार गर्दै आएको बताईएको छ । उनी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुको प्रिय पात्र मानिन्छन् । उनले थोक बिक्रीसंगै ग्रामीण र पहाडी क्षेत्रमा त्यस्ता औषधीजन्य लागूऔषध आपूर्ति गर्ने गरेको एक औषधी व्यवसायीले बताएका छन् । अवैध धन्दाबाट खरेलले करोडौ रकम कमाएको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्