झापा, साउन २ । स्थानीय भुतेनी खोलामा डुबेर झापा हल्दिवारकिा एक वृद्धको मृत्यु भएको छ ।

आज दिउँसो १२ः३० बजे हल्दिवारी ५ चारघरे बस्ने ८० वर्षीय भिमबहादुर बिष्ट घाँस काट्न गएकोमा घाँस काटी फर्कने क्रममा स्थानीय भुतेनी खोलाको पानीमा डुबेर मृत अवस्थामा फेला परेका हुन् । मृतकका छोराले दिउँसो ४ः२० बजे देखेर पानीबाट बाहिर निकाली खोलाको किनारमा राखेका थिए ।
प्रहरी चौकी कन्चनश्रीमा जानकारी गराउनसाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको थियो ।
सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।