झापा, साउन २ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ मेचीनगरको दोस्रो नगर अधिवेशनमा भाडभैलो भएको छ ।

बन्दसत्र सुरु भएपछि पार्टीमा दुई पक्षबिच आन्तरिक विवाद भई कार्यक्रम स्थगित भएको हो । चुनावी प्रक्रियाबाट अधिबेशनको टुङ्गो लगाउन भोलि पुनः कार्यक्रम हुने बुझिएको छ ।

मेचीनगर –१२ धाइजनस्थित चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।

राष्ट्रिय युवा संघ मेचीनगर नगर समितिको आयोजनामा नगर अध्यक्ष सुनिल राजवंशीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय महिला सचिव निशा लिम्बूको प्रमुख आतिथ्यमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल , नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी ,नेकपा एमाले जिल्ला सहसचिव तथा जनसंगठन प्रमुख अनिता कन्दङ्वा , राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष फुर्वा लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्