झापा, साउन ३ । इलाममा अचेत अबस्थामा भेटिएका व्यक्तिको मृत्यु भएको छ ।

बिहीवार साँझ ७ बजे इलामको रोङ गाउँपालिका वडा नं.४ भालुझोडास्थित मेची राजमार्गको छेउमा झापा बुद्धशान्ति ४ का अन्दाजी ३२ वर्षका निर्मल लिम्बू अचेत अबस्थामा फेला परेका थिए ।

उनलाई स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि फिक्कल अस्पताल पठाइएको थियो । उनको परिवारलाई सम्पर्क गरि प्रादेशिक अस्पताल भद्रपुरमा बुझाएकोमा परिवारले उपचार गर्न नसकी घरमा पुर्याउनसाथ हिजो साँझ ६ बजे मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्