झापा, साउन ३ । झापाको बिर्तामोड र अर्जुनधाराको सिमाना माता मन्दिर चौकमा मोटरसाइकल र स्कुटी एकापसमा ठोक्किदा पाँचना घाइते भएका छन् ।

गएराति ९.३० बजे माता मन्दिर चौकस्थित भित्री सडकखण्डमा महानन्द चौकबाट माता मन्दिरतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प.४९९५ न.को स्कुटी र छाता चौकबाट माता मन्दिरतर्फ आउँदै गरेको प्र.१–०१–०१४ प.७६०३ न.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटी चालक अर्जुनधारा –१० बस्ने ४० वर्षीय प्रकाश ढुंगेल, स्कटीमा पछाडी सवार उनकी श्रीमती ३६ वर्षीया मिना ढुंगेल , मोटरसाइकल चालक मेचीनगर –६ बस्ने २४ वर्षीय सिद्धार्थ पुलामी ,पछाडी सवार उनकै छोरा बर्ष २ का प्रसिद्ध पुलामी र दिदी बर्ष २८ की सुनिता पुलामी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पतालमा लगिएको छ । उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट टोली खटिएर दुवै सवारी साधनलाई नियन्त्रण लिएको छ।