झापा, साउन ३ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको दमकमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ वडा नं.९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जी रहेका छन् । उनले गत असार ३१ गते दमक वडा नं. ३ मा रहेको चेतना टोलको पुरानो क्रसरको टिनको छानाले बेरेको छाप्रामा १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका थिए ।
हिजो दिउँसो पीडितसमेत उपस्थित भई इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपछि दमक वडा न.५ बाट प्रहरीले दर्जीलाई पक्राउ गरेको हो ।