झापा,साउन ३ । आर्थिक वर्ष २०८२-८३ को मोटरसाइकलको कर न्यूनतम २७०० रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म कायम भएको छ ।

प्रदेश सरकारहरूले नयाँ आर्थिक वर्षका लागि करको दर तोक्दै क्षमता र प्रदेश अनुसार करको दर निर्धारण गरेका हुन् ।
यस अनुसार १२५ सीसी क्षमतासम्मको मोटरसाइकलको वार्षिक शुल्क २७०० देखि ३१०० रुपैयाँसम्म रहेको छ । १२६ देखि १५० सीसीसम्मका लागि ४३०० देखि ५१०० रुपैयाँ, १५१ देखि २५० सीसीसम्मका लागि ५५०० देखि ६५०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।
त्यसबाहेक २५० देखि ४०० सीसीसम्मको मोटरसाइकलका लागि ५५०० रुपैयाँदेखि ११ हजारसम्म वार्षिक कर निर्धारण गरिएको छ । यसमा कर्णाली बाहेक अरू प्रदेशको कर समान रहेको देखिन्छ ।
४०० देखि ६५० सीसीसम्मको मोटरसाइकलका लागि कर्णालीले १६ हजार रुपैयाँ शुल्क तोक्दा अरू प्रदेशले २० हजार रुपैयाँ तोकेका छन् । त्योभन्दा धेरै क्षमताको मोटरसाइकलका लागि कर्णाली र कोशीले २० हजार रुपैयाँ तोक्दा अन्य प्रदेशले ३० हजार रुपैयाँ कर निर्धारण गरेका छन् ।
निर्धारित करबाहेक मोटरसाइकलको ब्लुबुक नवीकरणको लागि छुट्टै शुल्क तिर्नुपर्छ । यस्तो शुल्क कर्णालीले २०० रुपैयाँ र अन्य प्रदेशले ३०० रुपैयाँ तोकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्