झापा, साउन ३ । झापाको बर्तामोड १० स्थित सैनिबजारमा स्कुटीको ठक्करबाट एक महिला गंभीर घाइते भएकी छन् ।

आज दिउँसो ३.१५ बजे बिर्तामोड –१० सैनिकबजारस्थित भित्री पक्की सडकखण्डमा गोलधापबाट सैनिकबजारतर्फ आउँदै गरेको प्र.१–०१–०१७ प.५८३९ न.को स्कुटीले बाटो क्रस गर्दै गरेकी पैदलयात्री बिर्तामोड –९ बस्ने ५० वर्षीया सुष्मा बिकलाई ठक्कर दिएको थियो । टाउको र बायाँ खुट्टामा चोट लागेर बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा स्कुटी चालक बाह्रदशी –३ बस्ने १८ वर्षीय किशोरकुमार राजवंशी संलग्न रहेको र स्कुटी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्