झापा, साउन ४ । कन्काई माई नदीमा आएको बाढीले झापा गाउँपालिकाको बस्ती डुबानमा परेको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी झापा गाउँपालिका वडा नं २ को सुगाबथान र कुवारी बजारमा प्रवेश गरेको हो । सुगाबथानका जेठा टुडू , ताला सोरेन , लिलमुनि टुडू , मण्डल टुडू । सुकदेव टुडू , साएकला टुडू , साइबा टुडूगरी ७ घर डुबानमा परेको छ । उनीहरुको घरमा डेढ–दुई फुट पानी जमेको छ । त्यस्तै कुवारी बजारमा पनि पानी पसेको छ ।

त्यस्तै कन्काई माईकै बाढीले शिवसताक्षी ५ भेलामुनीमा डुबान गरेको छ । भेलामुनीका पाँच घर डुबानमा परेको शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले बताए । बोधनाथ बिमली , विपिन राई , बाङठु ताजपुरिया , खोजे ताजपुरिया र रेमेतुन राजवंशीको घर डुबानमा परेको हो । त्यहाँ एउटा मन्दिर जोखिममा परेको वडाध्यक्ष पासवानले जानकारी दिए । बाढीले किसानको सयौं विगाह जमिन डुबानमा परेको जनाइएको छ ।





