झापा,असार ४ । पाँचथरको हेवा खोलाको डाइभर्सनमा बाढीले क्षति पु¥याएपछि मेची राजमार्ग अवरूद्ध भएको छ।

वर्षासँगै आएको बाढीले बेलिब्रिज बगाउनुका साथै बन्दै गरेको मोडुलब्रिज पनि भाँचिएपछि डाइभर्सनमा क्षति पुगेको हो। राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ।
बाढीका कारण तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक खण्डसमेत अवरुद्ध भएको छ । भने, रवि–दमक सडक खण्ड पनि अवरोध भएको छ। जिल्लाका अन्य ठाउँमा पनि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।