झापा, साउन ४ । बिर्तामोड–९ मा अवस्थित सिद्धिविनायक प्लाई उद्योगबाट फैलिएको प्रदूषणले स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले बिर्तामोड नगरपालिका र ९ नं वडा कार्यालयको ध्यानाकर्षण गराएका हुन् । प्रभावितहरुले ध्यानाकर्षण गराएपछि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाका जनप्रतिनिधिहरु वस्तुस्थिति बुझ्न आएका थिए । उप प्रमुख संग्रौलाले अध्ययन टोली खटाएर सत्यतथ्य बुझ्ने आश्वासन दिएका छन्।
बिर्तामोड–९ का स्थानीय बासिन्दाहरूले सिद्धिविनायक प्लाई उद्योगबाट फैलिएको वायु तथा ध्वनि प्रदूषणका कारण आफ्नो स्वास्थ्य र दैनिकीमा गम्भीर असर परेको गुनासो गर्दै आएका छन्।