झापा,साउन ५ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा सोमबार नेपाली समयअनुसार साँझ ६ः३० मा नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै छन्।

खेलमा नेपालका लागि विजेता हुन जितको खाँचो छ। बंगलादेशलाई भने बराबरीले पनि पर्याप्त हुनेछ।

यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० गोलले हराएको थियो। यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७–० गोलले हराएको थियो।

बंगलादेशविरूद्ध भने नेपाल ३–२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।

गोलअन्तरमा नेपाल अघि छ। नेपाल गोलअन्तरमा ६ गोलले अघि छ। त्यसैले नेपालका लागि उपाधि जित्न खेलमा जित नै चाहिने हुन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्