बिर्तामोड , साउन ५ । लायन्स क्लब अफ बिर्तामोड सिटीद्वारा विपन्न परिवारलाई लत्ताकपडा वितरण गरिएको छ ।

चार्टर प्रेसिडेन्ट निरज ओलीको जन्मदिनको शुभ अवसरमा लायन्स क्लब अफ बिर्तामोड सिटीको आयोजनामा बिर्तामोड वडा न.५ जात्रुबारीमा विपन्न परिवारलाई लत्ताकपडा वितरण गरिएको हो ।

क्लबका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव राजकुमार साहले गरेका थिए ।संस्थाका संस्थापक अध्यक्ष निरज ओलीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

त्यसअवसरमा संस्थाका पूर्व अध्यक्ष तथा एओजी घनश्याम चौधरी, पूर्व अध्यक्ष तथा डिस्ट्रिक चिफ मनोज बानियाले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको संचालन सहसचिव राजकुमार शाहले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्