झापा, साउन ५ । झापाको कचनकवलमा ग्यास लिक भएर आगलागी भएको छ ।

आज बिहान अन्दाजी ९ः५५ बजे कचनकवल वडा नं ६ बनियानीस्थित रतन लाल राजवंशीको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिकेज भई आगलागी भएको हो ।

आगलागीबाट फ्रिज, पानी तान्ने माटर र ग्यास चुलो गरी जम्मा ५० हजार ५०० बराबरको क्षति भएको छ ।प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा बिहान १०ः३० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्