झापा,साउन ६ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष ०८०-८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो । यो वर्ष आयात १३.२५ प्रतिशतले बढेको छ भने निर्यात ८१.८० प्रतिशतले बढेको विभागले जनाएको छ ।
यस्तै २०८१८२ मा १८ खर्ब ४ अर्ब १२ करोड बरबरको आयात भएको छ भने २ खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ । अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात भएको थियो भने १ खर्ब ५२ अर्ब ३८ करोड बराबरको निर्यात भएको थियो ।
निर्यात ८० प्रतिशतले बढे पनि देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब ४० खर्ब ६० करोड रहेकोमा २०८१-८२ मा १५ खर्ब २७ अर्ब ९ करोड बराबर व्यापार घाटा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्