झापा,साउन ६ । झापााको हल्दिबाारी गाउँपालिका–४ मा आगलागी हुँदा चार जना घाइते भएका छन् ।

आज बिहान ८ः४० बजेको समयमा हल्दिबारी–४ स्थित ओली चोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्किएको थियो ।

आगलागीमा परी घरधनी ओली, उनका छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन् । उनीहरु शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएका हुन् ।
ओलीको घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । सोही आगो निभाउने क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उद्धार गरेर ओमसाई पाथीभरा अस्पताल पठाएकोमा थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापााले जनाएको छ ।

आगलागीबाट घरको भान्सा कोठा आंशिक रुपमा क्षति भएको छ । अस्थाई प्रहरी पोष्ट कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा ९ः१५ बजे आगो नियन्त्रणमा लिइएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्