झापा, साउन ६ झापाको भद्रपुरमा ठूलो मात्रामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

आज बिहान ८ बजे भद्रपुर वडा न.७ डाँफे चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले बाटोमा हिडिरहेका पैदलयात्रीहरु नुवाकोट तादी वडा नं.६ बस्ने ३० वर्षीय मनकुमार दर्जी उनकी श्रीमती २६ वर्षीया शशी खत्री र भद्रपुर वडा न.७ डाँफे चोक बस्ने ३० वर्षीय सुनिल चापागाईलाई चेकजाँच गर्दा उनीहरुले बोकेको कालो झोलाभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ३७ ग्राम ४९० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्