झापा, साउन ६ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको नयाँ प्रहरी प्रमुखमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव निरीक्षक सुवास ढुङ्गाना आएका छन् ।

सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको इलाका प्रहरी कार्यालय दमकमा सरुवा भएसगै उनको ठाउँमा ढुङ्गाना आएका हुन् ।
दाहाल ६ महिनाअघि इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखको रुपमा आएका थिए । पछिल्लो समय इलाका प्रहरी कार्यालय सुरुङ्गामा ६÷६ महिनामा प्रहरी प्रमुखहरुको सरुवा हुँदै आएको छ ।