झापा, साउन ७ ।इटा प्रहारबाट झापा बिर्तामोडका एक व्यक्ति घाइते भएका छन् ।

गएराति ९ः२० बजे बिर्तामोड वडा न.३ मैनाली गेट बस्ने ४० वर्षीय टंक तिम्सिना र सोही ठाउँ बस्ने ४५ वर्षीय खगेन्द्र मैनालीले सोही ठाउँका २९ वर्षीय राजु पासवानलाई सामान्य विवाद हुँदा इटाले टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् ।

प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको कमाण्डमा टोली खटिएर घाइतेलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाएको छ । घाइतेको अवस्था मध्यम रहेको बताइएको छ । कुटपिट गर्ने मानिसहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्