झापा, साउन ७ । झापामा करिव १८ सय जनालाई डेंगु संक्रमण भएको छ ।

त्यसमध्ये जिल्लामा सबैभन्दा बढी बिर्तामोडमा डेंगुका विरामी देखिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका अनुसार बैशाख १ गतेदेखि साउन ५ गतेसम्म जिल्लामा डेंगु संक्रमितहरुको संख्या १ हजार ७९८ पुगेको हो । त्यसमा बिर्तामोडमा सबैभन्दा बढी ९३२ , दमकमा ५३६ र बुद्धशान्तिमा २३२ जना रहेका छन् ।

साउन ५ गते एकैदिन ३ जनामा डेंगु पुष्टि भएको थियो । यस वर्ष झापामा डेंगु संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्