झापा, साउन ७ । झापा बिर्तामोड ६ को सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् ।

आज बिहान ६ः३० बजे बिर्तामोड ६ शुभबिहानी टोल बस्ने सरोज लावतीले संचालन गरेको सुँगुर फार्ममा काम गर्ने भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बरबहादुर मगर फर्मभित्रै ओछ्यानमा मृत फेला परेका हुन् । मृतकका आफन्तहरु भारतको सिक्किममै बसोबासरत रहेकाले आफन्तहरुलाई जानकारी गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्