झापा, साउन ७ । झापाको कन्काईमा दिनदहाडै चोरी भएको छ ।

आज दिउँसो १ बजेतिर कनकाई वडा नं. ५ त्रिवेणी टोल बस्ने टिका तामाङको घरमा कोही नभएको अबस्थामा उनको एक तले पक्की घरको मेन ढोका फुटाई कोठामा दराजभित्र रहेको नगद ५० हजार , सात आनाको सुनको तिलहरी , एक आनाको कानमा लगाउने सुनको जुली गरी जम्मा १लाख ५० बराबरको धनमाल चोरी भएको हो ।
तामाङले इलाका प्रहरी कार्यालय सुरुङ्गामा मौखिक जानकारी गराउनसाथ टोली खटिएर एकजना महिलालाई सोधपुछ तथा अनुसन्धानको लागि कार्यालयमा ल्याएको जनाइएको छ ।