झापा, साउन ७ । आज साँझ झापाको गौरादहमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

साँझ ७ बजे गौरादह नगरपालिका वडा नं.७ गच्यामारी निवासी अन्दाजी बर्ष ७७ की तेजकुमारी उप्रेतीको घाँस काट्ने मेसिनमा करेन्ट सर्ट भई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।