झापा, साउन ८ । दाउरा निकाल्ने क्रममा सर्पले टोकेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे सुनसरी देवानगंज वडा नं. १ बस्ने शम्भुप्रसाद मेहताकी श्रीमती अन्दाजी ५५ वर्षीया पुनमदेवी मेहताले आफ्नै गोठबाट दाउरा निकाल्ने क्रममा करेत सर्पले उनलाई टोकेको थियो ।

बिरामी पुनमदेवीलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाइएकोमा राति ८ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्