झापा,साउन ८ । नेपालमा उत्पादन नै नहुने ‘हेभी इक्विपमेन्ट’ नेपालबाट विदेशमा निर्यात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो एक वर्षको निर्यात तथ्याङ्क अनुसार नेपालले एक वर्षमा ६९ थान डोजर अफगानिस्तान निर्यात गरेको हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालबाट अफगानिस्तानमा कुल ६९ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम २९ करोड ६४ लाख ४७ हजार रुपैयाँ बराबर छ ।
अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा अफगानिस्तानमा ५५ थान बुल्डोजर २६ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष निर्यात बढेको देखिन्छ ।
नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गरेको छ ।