झापा, साउन ८ । थाइल्यान्ड–कम्बोडियाको सीमामा चलिरहेको सैन्य झडपमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

थाइल्यान्डका स्वास्थ्य मन्त्रीले सो झडपमा एक सैनिक र ११ नागरिक मारिएको बताएका छन् । उनले हमलाबाट प्रभावित ३५ जनामध्ये १२ जना मारिएको जानकारी दिएका छन् ।

थाई अधिकारीका अनुसार सुरीन प्रान्तमा दुई नागरिकको मृत्यु भएको छ । त्यसमा एकजना ८ वर्षका बालक रहेका छन् । त्यस्तै उबोन रत्चथानी प्रान्तमा एक नागरिकको मृत्यु भएको छ भने सीसाकेत प्रान्तमा आठ नागरिकको ज्यान गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्