झापा,साउन ८ । नेपालमा आर्थिक वर्ष २०८१-८२ मा ८५ अर्ब ७४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार उक्त मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन् ।
यसमा विद्युतीय सवारी साधनको संख्यामा उल्लेख्य वृद्धि देखिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१-८२ मा नेपालले सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा सरकारले ५७ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाएको छ । विद्युतीय सवारी साधनमा विभिन्न छुटहरु समेत दिएकाले राजस्वको ठूलो हिस्सा पेट्रोल र डिजेल गाडीबाटै संकलन भएको छ । तर विद्युतीय सवारीमा सरकारले तुलनात्मक रूपमा कम कर लगाए पनि बढ्दो आयातका कारण यस क्षेत्रबाट पनि उल्लेख्य राजस्व संकलन भएको छ ।