झापा, साउन १० । झापाको दमकमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ६ः४५ बजे दमक– ४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्री दमक ४ बस्ने ६० वर्षीय सोमबहादुर बिकलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते विकलाई उपचारको लागि दमक अस्पताल पठाइएकोमा ७;३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । बस, साइकल र बसचालक मकवानपुर हेटौडा ७ बस्ने ४७ वर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।