झापा, साउन १० । माछा मार्न गएका इलाम देउमाई ९ बस्तिथुम्काका ४० वर्षीय सोमबहादुर मगर जालमा बेरिएर मृत फेला परेका छन् ।

उनी बिहीवार बिहान अन्दाजी १० बजे देउमाई खोलामा माछा मार्नको लागि गएका थिए । भोलिपल्ट बिहानसम्म घर फर्केर नआएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा देउमाई ९ स्थित देउमाई खोलाको सुनपाजुङ भन्ने स्थानमा पानीमा माछा मार्ने जालमा बेरी उनी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिब बोगटीको कमाण्डमा प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।