झापा, साउन ११ । झापाको दमकमा मर्निङ वाकमा रहेका दुई महिला हात्तीको आक्रमणबाट घाइते भएका छन् ।

आज बिहान अन्दाजी ४ः१५ बजे दमक नगरपालिका– १ बरगाछीस्थित भित्री सडकखण्डमा दमक १ बस्ने प्रदिपकुमार राईकी श्रीमती ४७ वर्षीया सुनिता राई र सोही ठाउँ बस्ने सुरेश राईकी श्रीमती ४२ वर्षीया कविता राई बिहानको मर्निङ वाक निस्किई बाटोमा हिड्ने क्रममा अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट सुनिता राईको टाउको, दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरीरको बिभिन्नमा भागमा चोट लागेको छ । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ । कविता राईको बाँया खुट्टाको कुर्कुच्चामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
दुबै जना घाइतेलाई दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि आर्य न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । सो हात्ती पेल्टिमारीतिरबाट आएको जनाइएको छ ।