झापा, साउन १२ । बिर्तामोड नगरपालिका– ७ हर्कलाल मार्गमा रहेको शुभारम्भ प्रतिष्ठान नेपाल (सुधार केन्द्र ) मा रहेका एक युवक काँटी खाएर बिरामी परेका छन् ।

धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने २४ वर्षीय सौरभ गुरुङ काँटी खाएर विरामी परेका हुन् । गत असार २७ गते गुरुङलाई उनका आफन्तले त्यहाँ ल्याएर राखेका थिए । उनी असार ३० गते सुधार केन्द्रबाट भागी फरार भएका थिए । खोजतलास गर्ने क्रममा साउन ९ गते भद्रपुर लाइनबाट उनलाई फेला पारी पुनः सुधार केन्द्रमा ल्याई राखिएको थियो ।
हिजो साँझ ६ बजे स्वास्थ्यमा समस्या देखिएछि उनलाई उपचारको लागि सोही सुधार केन्द्रका अध्यक्ष बिर्तामोड ५ बस्ने २४ वर्षीय कृष्ण कडरियाले बिर्तासिटी अस्पताल बिर्तामोड लगेका थिए । सिटी स्क्यान गर्दा उनको पेटमा २ वटा काँटी देखिएको छ । उनको शरीरको बिभिन्न भागमा निलडाम समेत देखिएको प्रहरीले जनाएको छ ।