झापा, साउन १२ । घरबाट राति निस्केर हिडेकी झापा भद्रपुरकी एक वृद्धा रुखमुनि मृत फेला परेकी छन् ।

गएराति भद्रपुर १ तुलसी चोक बस्ने ६८ वर्षीया ओसत राई घरबाट निस्केर हिडेकोमा आज बिहान ५ः३० बजे घरदेखि अन्दाजी २० मिटर पूर्वमा रहेको पलासको रुखमुनि घोप्टो परी मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानीयले देखेर इलाका प्रहरी कार्यालय पृथ्वीनगरमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान एवं कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्