झापा,साउन १२ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका कार्यक्रमले नेपालमा निरन्तरता पाउने भएको छ।


अर्थमन्त्रालले यही जुलाई २४ गते एमसिसीले पत्र पठाएर पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी दिएको हो।
यसअघि अमेरिकी राष्ट्रपतिको गत जनवरी २० को कार्यकारी आदेश अनुसार पुनरावलोकनका लागि यस अन्तर्गतका कार्यक्रम स्थगन भएको एमसिसीले पत्राचार गरेको थियो।
सरकार र एमसिसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन गर्ने सहमति अनुसार नेपालमा एमसिसी अन्तर्गतका कार्यक्रम सञ्चालनमा छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्