झापा,साउन १३ । जंगली हात्तीले भद्रपुरमा चार वटा घर भत्काएको छ ।

चारकोशे जंगलबाट निस्किएको हात्तीले आज बिहान भद्रपुर नगरपालिका–४ नमुना बस्तीमा घर भत्काउनुको साथै अन्नबाली खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार हात्तीले स्थानीय टेकनाथ पराजुलीको टिनको छानो, सिमेन्टको ब्लक भएको भन्साघर भत्काउँदा अन्दाजी २० मन मकै खाएको छ ।
त्यस्तै, प्रेमलाल भण्डारीको टिनको छानो भएको भुइँतले कच्ची घरको झ्याल फुटाएर एक बोरा चामलखाएको छ भने रिता विकको टिनको छानो र काठको बेरा भएको एकतले कच्ची घरको बरन्डा भत्काएर एक बोरा मकै खाएको छ र करेलाचोक बस्ने जीतबहादुर लिम्बूको टिनको छानो भएको कच्ची घरको भान्सा कोठाको वाल भत्काएको छ ।, पाँच वटा सुपारीको बोट, १० वटा केराको बोटमा पनि क्षति पु¥याएको प्रहरीले जनाएको छ ।